Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

रवि लामिछाने र छविलाल जोशीको मुद्दा फेरि स्थगित

रवि लामिछाने र छविलाल जोशीको मुद्दा फेरि स्थगित

काठमाडाैं, ११ मंसिर । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगमा परेको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

३ नं इजलाशका न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलले मुद्दा आजको सुनुवाइ स्थगित गर्ने निर्णय गरेका हुन्। रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरिदिन निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो।

रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने अधिकार माग गर्दै जिल्ला अदालतको आदेशमा असन्तुष्ट हुँदै उच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि अघिल्लो बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेको थियो। रविका तर्फबाट बुटवल इजलासमा सुनुवाइ स्थगित गरिदिन निवेदन परेको कारणले सुनुवाइ पुनः स्थगित गरिएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *