Date

सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025

लोकल बिजनेसलाई म्यानेजरहरूले ध्यान दिनुपर्छ : गभर्नर पौडेल

लोकल बिजनेसलाई म्यानेजरहरूले ध्यान दिनुपर्छ : गभर्नर पौडेल

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूका म्यानेजरहरूले लोकल बिजनेसलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारणसभामा गभर्नर पौडेलले ‘लोन प्याकेज’हरू पुनरवलोकन गर्नुपर्ने बताए । विभिन्न क्षेत्रहरूबाट प्रवाह भएको लोनको बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरूले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए ।

उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने उनको भनाइ छ । अहिलेका प्याकेजहरू त्यसरी डिजाइन नगर्दा प्रभावकारी रूपमा ऋण प्रवाह हुन नसकेको पौडेलले बताए । जसका कारण व्यापक रूपमा बैंकमा पैसा थ्रुपिएको उनको भनाइ छ । बैंकहरूको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत उनले बताए । यस विषयमा आफूले बैंकका सीईओहरूसँग आगामी हप्ता छलफल गर्न लागेको पौडेलको भनाइ छ ।

मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै गभर्नर पौडेलले यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीलाई ऋणका लागि सहजता थप्ने बताए । राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *