Date

सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

कठमाडौं, १५ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । मंसिर १५ गते आयोजित बेग्लाबेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापामार्फत न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरेका हुन् । सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंककातर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित ५ बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको स्थापनादिवसको अवसरमाइलामका बाढीपहिरो प्रभावितकालागिन्यानो कपडा प्रदानगर्ने घोषणा गरिएअनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *