Date

सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025

१ लाख राशिको ‘सेजन अवार्ड’ २ पत्रकारलाई, अरु क-कसले पाए अवार्ड ?

१ लाख राशिको ‘सेजन अवार्ड’ २ पत्रकारलाई, अरु क-कसले पाए अवार्ड ?

काठमाडौं, १५ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड र पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरेको हो ।

सेजनका अनुसार १ लाख रुपैयाँ राशिको सेजन अवार्ड २ जना पत्रकारलाई प्रदान गरिएको छ । सेजन अवार्ड नयाँ पत्रिका दैनिकका पवन तिमिल्सिना र अनलाइनखबरका भुवन पौडेललाई प्रदान गरिएको छ । तिमिल्सिनाले ‘पूर्वविशिष्टहरूको सेवा बढाएर तयार गरिएको विधेयक’ समाचार र पौडेलले ‘दीपेन्द्र अग्रवालको कारोबार आफूले बेचेको सेयर आफैँ किन्ने, महँगोमा जनता फसाउने’ समाचारमा अवार्ड पाएको सेजन अवार्ड तथा पुरस्कार छनोट समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले जानकारी दिए ।

त्यसैगरी ५० हजार रुपैयाँ राशिको सेजन छापा माध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ । खतिवडालाई टुक्रे आयोजनामा बजेट विनियोजनसम्बन्धी शीर्षकको समाचारलाई उक्त अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ ।

साथै एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड २ पत्रकारलाई प्रदान गरिएको छ । सेजनका अनुसार उक्त अवार्ड अन्नपूर्ण डटकमका सुनिता कार्कीलाई ‘एकीकृत फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि र नेपालन्यूज डटकमका उद्धव थापालाई मुअब्जाको पासोमा ठूला परियोजना शीर्षकको समाचारका लागि प्रदान गरिएको हो ।

५० हजार रुपैयाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डूका सुनिल कुँवरलाई प्रदान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *