Date

बुध, पुस २, २०८२
Wed, December 17, 2025

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ८१÷८२ को लागि लाभांश प्रस्ताव गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँको आधारमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत गरी कुल ६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएसँगै वितरण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *