माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँट
काठमाडौं । माछापुच्छ्रे एसआइपी योजनाको इकाई बाँडफाँट भएको छ । एमबीएल सामूहिक लगानीकोष अन्तर्गत सञ्चालन हुने गरी माछापुच्छ्रे क्यापिटल लिमिटेडले मंसिर १४ गतेदेखि १७ गतेसम्म यस योजनाको इकाई जारी गरेको थियो । ५ करोड इकाई आकार रहेको यस योजनाको प्रथम चरणमा प्रतिइकाई १० रुपैयाँ अंकित दरका २० करोड रुपैयाँ बराबरको २ करोड इकाई विक्री गरिएको हो ।
मागभन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त भएकाले सो अवधिभित्र प्राप्त आवेदनहरु प्रशोधन गरि योग्य आवेदकहरुलाई बीज पूँजी सहित पुस १ गते इकाई बाँडफाँट गरिएको योजना व्यवस्थापकले जानकारी दिएको छ । यो योजना खुलामुखी प्रकृतिको रहेको छ ।
कुल इकाईमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबद्र्वक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि बाँडफाँट गरिएको हो भने बाँकी रहेको ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा १ करोड २५ लाख कित्ता बाँडफाँट गरिएको हो ।




