Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सेयर बजारमा २.३१ अंकको गिरावट, ९१ करोड भन्दा बढीको कारोबार

सेयर बजारमा २.३१ अंकको गिरावट, ९१ करोड भन्दा बढीको कारोबार

काठमाडौं, १० असोज ।  बुद्यबार सेयर बजार २.३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन २२ अंकले बढेको बजार बुद्यबार कारोबार सुरु भएसँगै केही बृद्धि भएपनि त्यसपछि घटबढ हुदै १२७७.७४ विन्दुमा झरेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएका मध्ये जिवन बीमा समूहको परिसूचक ३०.४८ र अन्य समूहको परिसूचक ०.६८ अंकले बढेपनि अरु सबै समूहको परिसूचक ओरालो लागेको थियो । सबैभन्दा धेरै नीर्जिवन बीमा समूहको परिसूचक २४.२७ अंकले घटेको छ।

त्यस्तै एक सय ७१ वटा कम्पनीको ९१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार भने कुमारी बैंकको भएको छ । सबैभन्दा धेरै कमाउनेमा भने समता माइक्रोफाइनान्स वित्तिय संस्था रहेको छ भने गुमाउनेमा नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका लगानीकर्ता भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *