Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्र बैंक भन्छ– “साउनमा मुल्यवृद्धि ४.२ प्रतिशत ”

राष्ट्र बैंक भन्छ– “साउनमा मुल्यवृद्धि ४.२ प्रतिशत ”

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक सार्वजनिक गर्दै ४.२ प्रतिशतको मुल्यवृद्धि रहेको उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा २.३ प्रतिशत रहेको मुल्यवृद्धि चाल वर्षको पहिलो महिनामा १.९ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । खाद्यन्न तथा पेय पदार्थ समुहको मुल्यमा वृद्धि भएको कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको तथ्यांकमा उल्लेख छ । गैर–खाद्य तथा सेवा समुहको मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५ प्रतिशत र हिमालमा २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, काठमाडौं उपत्यकामा १.३ प्रतिशत र हिमालमा ५.६ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x