Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दृष्टिविहीनहरुका लागि नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य

दृष्टिविहीनहरुका लागि नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य

काठमाडौं, १२ असोज । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुका लागि नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा एक सम्झौता भएको छ ।

यस समझदारी अनुसार तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले थप २ वर्ष आर्थिक सहयोग गर्ने भएको छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ ।

उक्त सम्झौतापत्रमा नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.रीता गुरुङ्गले हस्ताक्षर गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x