Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

अनलाइनबाट रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा

अनलाइनबाट रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा

काठमाडौं, ६ मंसिर । जबडेस्क नामक कम्पनीले अनलाइनबाट रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध गराएको छ ।

जवडेस्कले आफ्नो वेवसाइट आवरजवडेस्क डटकम (ourjobdesk.com ) मा निःशुल्क असिमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा दिएको छ । कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण (बायोडाटा) बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ । जवडेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने बताएको छ । यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ । कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधा समेत छ ।

जवडेस्कले बेरोजगारहरुलाई रोजगारी खोज्ने काम गर्दै आएको छ । आफूलाई कामदार चाहिने कम्पनीले पनि जवडेस्कमा सम्पर्क गर्न सक्छन् । यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x