Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हस्तकला व्यापार मेला सम्पन्न

हस्तकला व्यापार मेला सम्पन्न

काठमाडौं, ६ मंसिर । राजधानीमा आयोजना भएको १५औं हस्तकला व्यापार मेला तथा १३औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले मंसिर १ देखि ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको थियो ।

यस मेलाका तथ्यगत विवरणहरुमा मेलामा २०० वटा स्टलहरु सहित १० वटा पेभिलियन रहेका छन् । २०० वटा स्तलभित्र गरिबी निवारण कोषको पेभिलियनमा १० वटा जिल्लाबाट १३ वटा वस्तु प्रदर्शनी गरिएका थिए । त्यसैगरि मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि प्रत्यक्ष रुपमा मेलामा २५ जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व रहेको थियो । जसमा ८ वटा वस्तुगत जिल्ला संघहरुलाई महासंघले निःशुल्कमा स्टल वितरण गरिएको थियो । यस्तै मेलाको अन्तिम दिनसम्ममा ८ करोड ५० हजार रुपैयाँको कारोबार भई करिब १ लाख ८ हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेको आयोजकले बताएको छ ।

समापन कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापार र रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा टेवा पुर्याएको बताए । यस्तै उनले गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अर्व रुपैयाँ बराबरको रहेको जानकारी गराउनका साथै यस आर्थिक वर्षमा हस्तकलाका वस्तुहरुको निर्यातमा थप वृद्धि हुने जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x