Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वाणिज्य सचिव र क्यासीका प्रतिनिधी मण्डल बिच भेटवार्ता

वाणिज्य सचिव र क्यासीका प्रतिनिधी मण्डल बिच भेटवार्ता

काठमाडौं, ६ मंसिर । वाणिज्य सचिव चन्द्र कुमार घिमिरे र नेपाल भ्रमणमा रहेका कन्फिडेरेसन अफ एसिया एण्ड प्यासिफिक च्याम्बर अफ कमर्श एण्ड इन्डाट्रिज क्यासीका अध्यक्ष जेमाल इन्आइसभिली नेतृत्वको प्रतिनिधि मण्डल बिच मंगलबार भेटवार्ता भएको छ ।

सो भेटवार्तामा वाणिज्य सचिवले नेपालको पर्यटन, उर्जा र कृषि जस्ता तुलनात्मक एवम् प्रतिष्प्रधात्मक लाभ भएका क्षेत्रहरुको उल्लेख गर्दै उपरोक्त क्षेत्रमा रहेको सम्भावना र नेपालको व्यापार नीति र व्यापार रणनीतिले प्राथमिकता दिएका विषयमा प्रकाश परेका थिए । यस्तै उनले कृषिजन्य वस्तुहरु विषेशत चिया, कफि, अलैचि र औद्योगिक वस्तुहरु पस्मिना र कार्पेटको अन्तराष्ट्रिय वजारमा माग र प्रवर्द्धनमा सम्भावना उच्च रहेको र नेपाल सरकार, वाणिज्य मन्त्रालय उपरोक्त वस्तुहरुको उत्पादन र प्रवर्द्धनमा केन्द्रित भै कार्य गरिरहेको जानकारी दिए ।

सोही भेटवार्तामा क्यासीका अध्यक्षले नेपालसंग द्विपक्षिय एवं क्षेत्रीय व्यापार र लगानीका क्षेत्रमा रहेका संभावना र सहकार्य गर्ने आशय दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x