Date

शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

बैंकको पहिलो त्रैमासमा नाफा घट्दा बजारमा दबाब, ग्लोबल मात्र अघि

बैंकको पहिलो त्रैमासमा नाफा घट्दा बजारमा दबाब, ग्लोबल मात्र अघि

काठमाडाैं, २२ कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा घटेको छ। बैंकहरूले शुक्रबार प्रकाशित गरेका वित्तीय विवरणअनुसार, समग्र नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.७८ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए भने यस वर्ष सो रकम घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

पाँच बैंक मात्रै नाफा वृद्धि

समिक्षा अवधिमा २६ वाणिज्य बैंकमध्ये केवल पाँच बैंकले मात्र नाफा वृद्धि गर्न सकेका छन्। सिटिजन्स बैंक भने उल्टै २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा परेको छ।

ग्लोबल आइएमई बैंक नाफाको हिसाबले शीर्ष स्थानमा रह्यो। बैंकले तीन महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २२.९१ प्रतिशतले बढी हो।

शीर्ष पाँच बैंकको नाफा

  • ग्लोबल आइएमई बैंक – १ अर्ब ८५ करोड ८६ लाख (२२.९१% वृद्धि)
  • नबिल बैंक – १ अर्ब ७५ करोड ६९ लाख (१४.५६% गिरावट)
  • प्राइम बैंक – १ अर्ब २५ करोड ८४ लाख (२.२०% घटो)
  • एभरेष्ट बैंक – १ अर्ब १७ करोड ९२ लाख (४.५७% वृद्धि)
  • कुमारी बैंक – १ अर्ब ५ करोड ६५ लाख (२% घटो)

सर्वाधिक नाफा वृद्धि राष्ट्रिय वाणिज्यको

राष्ट्रिय वाणिज्य बैंकले २५.७२ प्रतिशत नाफा वृद्धि गर्दै ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १५ करोड १३ लाख रुपैयाँ मात्र थियो।

ग्लोबल आइएमई नाफा वृद्धिदरमा दोस्रो स्थानमा रह्यो। त्यसपछि सानिमा बैंकले १३.८६ प्रतिशत र एनआइसी एशिया बैंकले १०.५३ प्रतिशत नाफा वृद्धि गर्न सफल भए। यी दुई बैंकले क्रमशः ४५ करोड ४९ लाख र १२ करोड २१ लाख रुपैयाँ नाफा कमाए।

ठूला बैंकहरूमा नाफा घट्दै

कृषि विकास बैंकको नाफा सर्वाधिक घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा यसको नाफा ९७ प्रतिशतले घटेर ५७ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत, प्रभू बैंकको ४६.३३ प्रतिशत, नेपाल एसबिआईको ३८.४३ प्रतिशत, लक्ष्मी सनराइजको ३८.०४ प्रतिशत, एनएमबीको २०.०४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १९.७२ प्रतिशत, माछापुच्छ्रे बैंकको १६.९५ प्रतिशत, सिद्धार्थको १५.१८ प्रतिशत, हिमालयनको ३.३१ प्रतिशत र नेपाल बैंकको २.२० प्रतिशत घटेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *