Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यो वर्ष पर्यटक आगमन १२ लाख पुग्ने अनुमान, पूर्वाधार निर्माणमा जोड दिन व्यवसायीको सुझाव

यो वर्ष पर्यटक आगमन १२ लाख पुग्ने अनुमान, पूर्वाधार निर्माणमा जोड दिन व्यवसायीको सुझाव

काठमाडौं,२९ असोज । यस वर्षको पर्यटकीय मुख्य सिजन सुरू भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । व्यवसायीहरुका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायत सबैतर्फको बुकिङ पनि उत्साहजनक देखिएको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सन् २०१७ देखि क्रमश लयमा फर्किएको व्यवसायीहरु बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ को नौ महिनामा ७ लाख ८२ हजार ७ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । यो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको चाप बढेको प्रस्ट हुन्छ ।

यो सिजनमा विशेष गरी अमेरिकन, अस्ट्रेलियन तथा क्यानडियन पर्यटक नेपाल आउने गर्छन् । चिनियाँ र भारतीय पर्यटक भने हरेक समय आउने गरेको पाइन्छ । त्यसकारण यो वर्षको बाँकी अवधीमा थप पर्यटक आगमन बढेर १२ लाखको हाराहारीमा पुग्ने अनुमान रहेको होटल संघ नेपाल (हान) का महासचिव बिनायक शाहले बताए ।

आगामी दिनमा पर्यटक आगमन थप बढाउन सरकारले पर्यटकीय पूर्वाधार निर्माण र प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने सुभाmव पनि उनले दिए । ‘हामी कहाँ पर्यटक आगमनको ठुलो सम्भावना छ । तर पूर्वाधारको अभावमा सोचे अनुसारको पर्यटक ल्याउन सकिरहेको छैनौ । उनले भने –पर्यटक आगमन बढाउने हो भने सबैभन्दा पहिला विमानस्थलको स्तरोन्नती गर्दै अन्य आवश्यक पूर्वाधारको विकास गर्न जरुरी छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x