सुनको मूल्य ६ वर्षयताकै उच्च
काठमाडौं, १० कात्तिक । नेपाली बजारमा यो साता सुन ६ बर्ष यता कै महंगो मूल्यमा कारोबार भयो । दशैं पछि कात्तिक ५ गते सोमबार प्रतितोला ६० हजार रुपैयाँमा किनबेच भएको छापावाला सुनको मुल्य बढेर बिहिबार सम्म आइपुग्दा ६० हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको थियो । नेपाली बजारमा यो मुल्य ६ बर्ष यताकै सबै भन्दा बढी भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
पहिलो कारोबार दिनकै मुल्य कायम रहदै मंगलबार पनि छापावाला सुन ६० हजार प्रतितोलामा किनबेच भएको थियो । मंगलबारको तुलनामा १ सय रुपैयाँ मुल्य वृद्धि भई बुधबार ६० हजार १ सय रुपैयाँ पुगेको थियो । बिहिबार भने छापावाला सुनको मुल्य नेपाली बजारमा ६ बर्षयता कै महंगो हुनगई ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार २ सय रुपैयाँको गिरावट आएर छापावाला सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर चाँदीको मूल्यमा भने त्यती धेरै उत्तार चढाव देखिएन । बुद्यबार एक दिन प्रतितोला ५ रुपैयाँले बढेको चाँदी शूक्रबार भने पुन घटेर आइतबारकै स्थिती अर्थात ७ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।