Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

साता सेयर बजार : ५.४१ अंकको गिरावट

साता सेयर बजार : ५.४१ अंकको गिरावट

काठमाडौं, १० कात्तिक । सेयर बजारमा यो साता निकै उत्तार चढाव देखियो । पाँच कारोबार दिनमा दुई कारोबार दिन बजार बढेपनि तीन कारोबार दिन बजार घटेको थियो ।

पहिलो दिनको तुलनामा अन्तिम दिन बजार ५.४१ अंकले घटेको छ । पहिलो दिन आइतबार सेयर बजार ४.८९ अंकले बढेको थियो भने १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताको दोस्रो दिन १.९८ अंक, तेस्रो दिन २.७० अंकले घटेको थियो । बुधबार भने ८.०९ अंकले बढेको बजारमा २३ करोड रुपैया बराबरको कारोबार भएको थियो । त्यसैगरी अन्तिम दिन विहिबार बजार ८.८२ अंकले घटेको थियो । सो दिन २७ करोड रुपैया बराबरको सेयर कारोबार भएको थियो ।

यसै गरि यो साता कारोबार रकमको आधारमा प्रभु बैंक सबै भन्दा अग्र स्थानमा रहेको छ भने बजार पुँजीकरणको आधारमा नेपाल दुरसञ्चार कम्पनी पहिलो स्थानमा रहेको छ । त्यसै गरि नबिल बैंक दोस्रो स्थानमा रहेको छ भने बजार पुँजीकरणको आधारमा तेस्रो स्थानमा यो सातानेपाल इन्भ्ेष्टमेन्ट बैक रहेको छ ।

यो साता नेप्सेमा सुमित लघुवित्त वित्तिय संस्थाको २ लाख ५० हजार बोनस पनि सुचीकृत भएको छ । सुमित लघुवित्त वित्तिय संस्थाको ८ हजार ४ सय ४० कित्ता हकप्रद शेयर पनि सुचीकृत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x