डिशहोमले ल्याउँदैछ ‘माइ डिशहोम एप’ मार्फत भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकहरूले पाउनेछन् २५ प्रतिशत सम्मको छुट

काठमाडाैं, २३ असार । डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ ‘माइ डिशहोम एप’ मार्फत चाँडै ‘ग्राहक भर्चुअल प्रिभिलेज कार्ड’ नामक विशेष सेवा उपलब्ध गराउने भएको छ । यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने उद्देश्य राखेको छ ।
डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल कार्ड हुनेछ, जुन सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकहरूले विभिन्न साझेदार सेवाहरूमा २५ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।
डिशहोमले होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा सहकार्य गर्दैछ । यसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले, “डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ । यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली इकोसिस्टम तयार गर्दैछौं” भन्नुभयो ।
यो कार्ड ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ । सेवा सुरु भएपछि ग्राहकहरूले ‘माइ डिशहोम एप’ बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिशहोमले नवीनताको नेतृत्व गर्दै आइरहेको छ र यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली परिवर्तनको यात्रामा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउनेछ । ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न आग्रह गरिएको छ, ताकि उनीहरू चाँडै आउने यो सुविधाको लाभ लिन तयार रहून् ।