नेप्सेमा भारी गिरावट: २१.६० अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडाैं, २३ असार । लगातार ६ दिनसम्म बढेको सेयर बजारमा आज सोमबार भारी अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६० अंकले घटेर २६८४.७६ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ । यस दिन ३११ कम्पनीका १ करोड ९४ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज होटल तथा टुरिजम र म्युचुअल फण्ड उपसमूह बाहेकका सबै उपसमूह घटेका छन् । यस दिन फाइनान्स उपसमूह सर्वाधिक ३.६९ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक उपसमूह १.३१ प्रतिशत, व्यापार उपसमूह १.२४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.११ प्रतिशतले घटेको छ ।