प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री स्थापितलाई पदबाट हटाईयो
काठमाडौं, १६ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । मन्त्रालयको कार्यसम्पादनलाई लिएर केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो ।
त्यसपछि उनी स्थापितलाई हटाउने निष्कर्षमा पुगेका थिए ।स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।