Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

तीन महिनामा एभरेष्ट बैंकको नाफा ६३ करोड ३३ लाख

तीन महिनामा एभरेष्ट बैंकको नाफा ६३ करोड ३३ लाख

काठमाडौं, २८ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीम महिनामा ६३ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा यो रकम १९.१७ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

वितरणयोग्य मुनाफा ४९ करोड १ लाख रुपैयाँ रहेको छ । गत वर्ष वितरणयोग्य मुनाफा ५३ करोड १४ लाख रुपैयाँ थियो । बैंक्ले २७.१२ प्रतिशतले खुद ब्याज आम्दानी र १९.४५ प्रतिशतले सञ्चालन नाफा बढाएको छ । गत वर्ष १ अर्ब ३ करोड ९ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको एभरेष्टले यो त्रैमासमा बढाएर १ अर्ब ३१ करोड ६ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ७५ करोड रुपैयाँबाट बढाएर ९० करोड ४८ लाख १८ हजार रुपैयाँ पुर्याएको छ ।

त्यस्तै बैंकले निक्षेप रकम ९९ अर्ब ३७ करोड रुपैयाँबाट वृद्धि भएर १ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ८१ अर्ब ८५ करोडबाट बढेर १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *