नेपाल बैंकको खुद नाफामा ५.९१ प्रतिशतले कमी
काठमाडौं, २८ कात्तिक । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा ५.९१ प्रतिशतले कम हो । गत वर्ष ९७ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै बैंकले ९३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ४ करोड हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा २.७८ प्रतिशत र कस्ट अफ फन्ड ३.८४ प्रतिशत छ । गत वर्ष खराब कर्जा ३.४२ र कस्ट अफ फन्ड २.७७ प्रतिशत थियो ।
नेपालको पुरानो यस नेपाल बैंकले हाल १ सय ४६ वटा शाखा कार्यालयबाट १५ लाख ग्राहकलाई वित्तिय सेवा दिदै आएको छ ।