Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चाडपर्व पछि काठमाडौंमा बजार अनुगमन सुरु, निरन्तर अनुगमन गर्ने सरकारको योजना

चाडपर्व पछि काठमाडौंमा बजार अनुगमन सुरु, निरन्तर अनुगमन गर्ने सरकारको योजना

काठमाडौं, २८ कात्तिक । सरकारले नियमित बजार अनुगमन नगर्दा उपभोक्ताहरु वस्तु खरिदमा दैनिक रुपमा ठगिरहेका छन् । साधारण अवस्थामा भन्दा व्यापारीहरुले चाडपर्वको समयमा मुल्य वृद्धि गर्ने र उपभोग्य मिति सकिएको सामानहरु बिक्री गर्ने गरेको बेला बखत हुने अनुगमनमा देखिन्छ ।

व्यापारीहरु चार्डपर्व लक्षित गदै उपभोक्ताहरु ठग्ने गर्दछन् भने सोही समयमा सम्बन्धीत निकायको बजार अनुगमन पनि सुस्ताएको हुन्छ । धेरै समय पश्चात मंगलबार वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनले व्यापारीहरुले उपभोक्ताहरु कत्ति सम्म ठग्ने रहेछन् भन्ने स्पष्ट पारेको छ । विभागले दशै भन्दा पछाडी अनुगमन गरेको थिएन । दशै र तिहारको माहोलमा बजारमा उपभोक्ताहरु मुल्य वृद्धिको चर्को चपेटामा परेका थिए । विशेष गरि व्यापारीहरुले मासुमा पसलै पिच्छे मुल्य वृद्धि मरेका पशुपंछीहरुको मासु बिक्री देखी अखाद्य वस्तुहरु सम्म खरिद गर्न उपभोक्ताहरु बाध्य भएका थिए ।

सर्वसाधारणको गुनासो बदै गएपछि विभागले मंगलबार राजधानीका विभिन्न १२ वटा मासु पसलहरु र खाद्य किराना पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा व्यापारीहरुले म्याद नाघेका खाद्य वस्तुहरु बिक्री गरेको, वास्तविक मूल्य भएको स्टीगरक माथी मुल्य बढाएर कृत्रिम स्टीगर टाँसेको, मुल्य सुची नराखी जथाभावी मुल्य बढाएको, बासी मासुमा बिषदीको प्रयोग गरि बिक्री गरिएको, पशुपंक्षी काट्ने बधशाला अत्यन्त फोहोर भएको साथै प्रमाणिकरण नगरिएका नापतौलको प्रयोग गरिएको र मासु पसलहरु अत्यन्त फोहोर भएको पाईएको थियो ।

अनुगमन गरिएका मध्ये विभागले भक्तपुर सुर्यविनायक स्थित श्री झिगु पासा स्टोरमा बिक्री गर्न राखिएका म्याद नाघेका २०५ प्याकेट चिल्ली पाउडर, ८१ प्याकेट बिस्कुट गरि जम्मा ५ हजार रुपैयाँ भन्दा बढीको सामान नष्ट गरेको थियो । भक्तपुरकै श्री सुनिधि खाद्य स्टोरमा पनि विभागले अनुगमन गर्दा म्याद नागेका २ हजार भन्दा बढीका खाद्य बस्तु नष्ट गर्नुका साथै अन्य अखाद्य वस्तुहरु बिक्रीमा राखेको कारण विभागले स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गराएको थियो । यसका साथै विभागले काठमाडौं ताहाचल स्थित ताहाचल उपभोक्ता पसलबाट पनि २ हजार भन्दा बढीको म्याद नाघेका खाद्य वस्तु नष्ट गर्नुका सार्थ ५ हजार रुपैयाँ जरिवाना गराएको थियो ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत खगेन्दराज जोशीले उपभोक्ता ठगि गर्ने त्यस्ता पसलहरुलाई उपभोक्ता ऐन अनुसार ठगिको प्रकृति हेरेर ५ हजार देखी ३ लाख सम्म जरिवाना गराउने बताएक । नयाँ उपभोक्ता संरक्षण ऐन केही समय अगाडी लागु भएको कारण पहिलेको तुलनामा चाडपर्वको समयमा व्यापाक अनुगमन गर्न नसकिएको बताउदै जोशीले अब भने नियमित बजार अनुगमन गरिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x