Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

रसुवामा बाढीपहिरो: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता, सडक अवरुद्ध र पूर्वाधारमा क्षति

रसुवामा बाढीपहिरो: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता, सडक अवरुद्ध र पूर्वाधारमा क्षति

रसुवा, २४ असार । रसुवा जिल्लामा मंगलबार बिहानै आएको अचानकको बाढीपहिरोमा परी १२ नेपाली र ६ चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार, गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा बिहान करिब ३ बजेतिर बाढीपहिरो गएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, घटनास्थलबाट हालसम्म ९ जनाको उद्धार गरिएको छ।

बेपत्ता हुनेहरूमा उद्धार कार्यका लागि तिमुरे इलाका प्रहरी कार्यालयबाट खटिएका सहायक प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुनान ठाकुर र लोकेन्द्र बोहोरा पनि रहेका छन्।

बाढीपहिरोले गोसाइँकुण्ड–५ स्थित पासाङल्हामु राजमार्ग भत्काएको छ, जसका कारण धुन्चे र तिमुरेबीचको सडक सम्पर्क अवरुद्ध भएको छ।

यसका अतिरिक्त, गोसाइँकुण्ड–२ मा रहेको एक ईभी चार्जिङ स्टेसनमा पनि बाढीले क्षति पुर्याएको छ, जहाँ पार्किङ गरिएका ७–८ वटा सवारी साधन बगाएको प्रहरीले जनाएको छ। रसुवास्थित भन्सार कार्यालयको यार्ड र रसुवागढी जलविद्युत आयोजनाको बाँधमा पनि क्षति पुगेको प्रहरी रिपोर्टमा उल्लेख छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *