लाइसेन्सका लागि मंसिर ७ देखि आवेदन खुला
काठमाडौं, २९ कात्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी गराएको हो ।
एक महिना देखि आवेदन बन्द हुदा हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षामा छन् । उल्लेखित मितिबाट आवदेकले विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।
काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक–एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।