यी हुन सर्वाधिक कर तिर्ने १५ करदाता
काठमाडौं, २ मंसिर । राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रबाट गत आर्थिक वर्षमा धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले ७ औं राष्ट्रिय कर दिवसको अवसरमा करदाताहरुलाई राज्यप्रति जिम्मेवार बनि कर तिर्न प्रोत्साहन गदै विभिन्न १५ व्यवसायीक संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो । उत्कृष्ट करदाताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले कदरपत्र वितरण गरेका थिए ।
विभागले हरेक वर्ष उत्कृष्ट करदाताहरुलाई सम्मान गर्दै आएको छ । सबैभन्दा बढी आयकर तिर्ने सुर्य नेपाललाई सम्मान गरेको छ। सबै भन्दा बढी व्यक्तिगत आयकर तिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन् । र निर्यातकर्तामा सबै भन्दा बढी कर तिर्नेमा डाबर नेपाललाई अर्थमन्त्री खतिवडाले कदरपत्र प्रदान गरेका थिए ।
यसैगरि विभागले उद्योगको क्षेत्रमा सबै भनद बढी आयकर तिर्नेमा हिमाल पावर कम्पनीलाई सम्मान गरेको छ । कृषि तथा पशुपंछी उद्योगमा सबै भन्दा बढी आयकर तिर्ने प्रोवाटीक इन्डष्ट्रीज प्रालिलाई सम्मान गरेको छ । त्यस्तै सहकारी तथा लघुवित्त उद्योगमा सबै भन्दा बढी आयकर तिर्नेमा छिमेक लघुवित्त, बैंक वित्तिय तथा बिप्रेषण कारोबार गर्ने संस्थामा सबै भन्दा बढी आयकार तिर्ने नबिल बैंक रहेको छ ।
यसैगरि नेपाल पुर्नबीमा कम्पनी बीमा व्यवसायमा सबै भन्दा बढी आयकर तिर्ने बीमा कम्पनीहरुमा उत्कृष्ट भएको छ भने स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रमा नोवल मेडिकल कलेजले सबैभन्दा बढी कर तिरेको छ । एफ. वान सफ्ट इन्टरनेशनल प्रालि सुचना तथा प्रविधिको सेवा क्षेत्रमा सबै भन्दा बढी आयकर तिर्ने उत्कृष्ट करदाताको कदरपत्रले सम्मानित भएको छ भने पर्यटन तथा होटल व्यवसायमा सबै भन्दा बढी आयकर तिर्ने उत्कृष्ट करदाता तारागाउँ रिजेन्सी होटल भएको छ । र व्यापार व्यवसाय तर्फ सबै सिप्रद्धि टे«डिङ्ग प्रालि सबै भन्दा बढी आयकर तिर्नेमा उत्कृष्ट भएको छ ।
यस्तै बार्षिक ४० करोड रुपैयाँ सम्मको आयकर तिर्ने नेपाल इन्भेष्मेन्ट प्रालि, ४० देखी ८० करोड सम्मको आयकर तिर्नेमा नेपाल स्टक एक्स्चेन्जले उत्कृष्ट करदाताको कदरपत्रले सम्मानित भएको छ । २०६५ साउन १ गते देखी २०७५ असार मसान्त सम्म समयमा नै कर बुझाउने करदाता तथा सबै भन्दा बढी मुल्य अभिवृद्धिकर तिर्ने करदाताको कदरपत्रले घोराही सिमेन्ट प्रालिलाई कदरपत्र प्रदान गरिएको छ ।