Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

देशभरका २ सय ५० कपडा उद्योग बन्द, भ्याट फिर्ता नपाए कडा आन्दोलनको चेतावनी

देशभरका २ सय ५० कपडा उद्योग बन्द, भ्याट फिर्ता नपाए कडा आन्दोलनको चेतावनी

काठमाडौं, २ मंसिर । सरकारले कपडा उद्योगलाई दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सहुलियत बजेटमार्फत फिर्ता लिएको विरोधमा रहेका कपडा उद्योगीहरुले शनिवार देखि देशभरका कपडा उद्योग बन्द गरेका छन् । ५ महिनासम्म निरन्तर प्रयास गर्दा पनि सरकारका तर्फबाट सकारात्मक जवाफ पाउन नसकेको भन्दै उद्योग बन्द गरेर विरोध गरेका हुन ।

शनिवार देखि देशभरका २ सय ५० उद्योग बन्द छन् । उद्योग बन्द भएपछि उद्योगमा काम गर्ने ५० हजार कामदार र तिनमा आस्रित दुई लाख जना भन्दा बढी मानिस प्रत्यक्ष मारमा पर्ने भएका छन् ।

कपडा उद्योगीले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मङ्सिर ७ गतेसम्म उद्योग बन्द गरेर भ्याट सहुलियत फिर्ता पाउन प्रयास गर्ने र त्यसबीचमा पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने बताए ।

यसअघि विसं २०५४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा विक्री करको विरोधमा १९ दिनसम्म उद्योग बन्द भएपछि सरकारले विक्री करलाई मूल्य अभिवृद्धि करले प्रतिस्थापन गरी कपडा उद्योगलाई १३ प्रतिशतसम्म सहुलियत दिँदै आएको थियो । उक्त सहुलियत २० वर्षपछि चालू आर्थिक वर्षको बजेटमार्फत फिर्ता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x