Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ट्रम्पले दिए चीनसँगको व्यापारिक द्वन्द्व कम हुने संकेत

ट्रम्पले दिए चीनसँगको व्यापारिक द्वन्द्व कम हुने संकेत

२ मंसिर (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापारिक द्वन्द्व कम हुने संकेत गरेका छन् । अमेरिका र चीनबीच यससम्बन्धमा छिट्टै केही सम्झौता हुने ट्रम्पको भनाई छ । ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई देशबीचको तनाव किनारा लाग्ने बताए ।
‘मलाई लाग्छ सम्झौता हुनेछ,’ राष्ट्रपति ट्रम्पले भने, ‘हामी छिट्टै नै यसलाई पूर्णता दिनेछौं ।’
ट्रम्पले यसअघि पनि यस्तै अभिव्यक्ति दिएका थिए ।

तर पछिल्लो अभिव्यक्ति चीनले जी२० सम्मेलनअघि वार्ताको प्राथमिकता र मुद्दाहरुका सम्बन्धमा नयाँ सूची दिएपछि आएको हो । यो सूची भने लगभग पूर्ण रहेको ट्रम्पले उल्लेख गरेका छन् । ’अझै पनि केही महत्वपूर्ण मुद्दाहरुको भने कमी छ, यो स्वीकार्यताको तहमा भने आइसकेको छैन ।’

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण यी देशहरुसँग व्यापार गर्ने विकासशील राष्ट्रहरु मारमा परेका छन् ।
अमेरिकाले यसअघि चीनबाट आयात हुने वार्षिक २५० अर्ब डलर बराबरका वस्तुमा कर बढाइसकेको छ । तर शुक्रबारको ह्वाइटहाउसमा विधेयकमा हस्ताक्षरपछि पत्रकारहरुसँग कुराकानीको क्रममा भने उनी नम्र रुपमा प्रस्तुत भए । यसअघि उनले चीनसँगको थप व्यापारमा पनि कर लगाउने धम्कीपूर्ण अभिव्यक्ति दिदैं आएका थिए । ‘हामीले चाह्यौं भने अर्को २६७ अर्ब डलरको व्यापारमा पनि यसरी नै कर लगाउन सक्छौं,’ उनले भने, ‘यदि चीनले सम्झौता गर्न चाहेमा हामी त्यसो नगर्न पनि सक्छौं ।’ट्रम्पको यो अभिव्यक्तिपछि अमेरिकी बजारमा उछाल आएको छ । दुई आर्थिक शक्तिबीचको तनावका कारण हैरान भएका लगानीकर्तामा आशाको सञ्चार भएको छ ।

अमेरिकी राष्ट्रपतिले आयातमा नयाँ शुल्क व्यापारमा अनुचित अभ्यासका विरुद्ध दण्ड भएको बताएका छन् । चिनियाँ कम्पनीहरुले गर्ने गरेको बौद्धिक चोरी, राज्यद्वारा प्रदान गरिएको सहुलियतका आधारमा सस्तो उत्पादन प्रवद्र्धन तथा विदेशी कम्पनीहरुलाई चीनमा प्रवेश गर्न जटिल बनाइएको सम्बन्धमा अमेरिका आक्रोशित छ ।

तर अमेरिकाले चिनियाँ आयातमा कर बढाएपनि यसले अमेरिकी कम्पनीहरुको लागत बढाएको छ भने चिनियाँ निर्यात खस्किदाँ आर्थिक वृद्धिदर केही सुस्त छ । अमेरिका र चीन नोभेम्बर महिनाको अन्त्यमा अर्जेन्टीनामा आयोजना हुने जी२० बैठकमा आमनेसामने हुँदैछन् ।
यसभन्दा अघि दुई देशबीचको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । धेरै विश्लेषकहरु अब हुने वार्ताले पनि अमेरिकाले उठाएका गहन मुद्दाहरु सम्बोधन हुनेमा संशय राख्छन् । अमेरिकी राष्ट्रपति ट्रम्प पनि उल्लेख्य उपलब्धि नभएपनि त्यसलाई स्वीकार्ने तर्फ अघि बढ्ने अनुमान गरिएको छ । किनकी ट्रम्पलाई उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौत –नाफ्टा)लाई पुनरावलोकन गर्नुपर्ने दबाब छ ।
यो पनि पढ्नुहोस् –

विश्व व्यापार संगठन छाड्ने ट्रम्पको चेतावनी, चीनसँग २०० अर्ब डलरको व्यापारमा भन्सार बढाउने तयारी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x