Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-UnionPay कार्ड सेवा सुरु

सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-UnionPay कार्ड सेवा सुरु

काठमाडाैं, ५ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकबाट SCT-UnionPay कार्डमा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर SCT-UnionPay कार्ड प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ ।

दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *