चालु आर्थिक वर्षको तीन महिनामा एसियन लाइफको नाफा १ करोड ६९ लाख
काठमाडौं, २ मंसिर । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्ष भन्दा ७ प्रतिशतले बढी हो । गत वर्ष एसियनले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल बिमा शुल्क आर्जन ६८ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष एसियनले ५५ करोड ३३ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले कुल ९४ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन १ करोड ७० लाख रुपैयाँ बाँकी रहेको जनाइएको छ ।
हाल एसियन लाइफको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने रिजर्भ फन्डमा २६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।