एनएनबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, २ मंसिर । एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले १५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीले हाल कायम रहेको १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीबाट सो बोनस सेयर दिन लागेको हो ।
१५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बोनस तथा नगद लाभांश प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने पनि जनाएको छ ।
प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ पुग्ने छ ।