Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

 सरकार दायित्वबाट पछि नहटोस्ः अर्थ समिति

 सरकार दायित्वबाट पछि नहटोस्ः अर्थ समिति

काठमाडौं, ३ मसिर । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै विभिन्न मन्त्रालयहरुद्धारा सरकार संग गैर बजेटरीको माग बढै गएपछि प्रतिनिधिसभाको अर्थ समितिले सबै मन्त्रालयहरु संग खर्चको विवरण माग गरेको छ । ४ महिना बितिसक्दा पनि लक्ष्य अनुसारको पुँजीगत खर्च गर्ने नसकेका मन्त्रालय तथा मातहतका निकायहरुले थप ५४ अर्ब रुपैयाँ बजेट माग गरेपछि अर्थ समितिले खर्चको अवस्था विबरण माग गर्दै मन्त्रीहरु, सचिवहरु र महालेखा नियन्त्रक संग सोमबार अर्थ समितिले बैंठक डाकेको हो ।

अर्थ समितिले बैठकमा अर्थ समितिले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएको छ । सरकार दायित्वबाट पछि हट्न खोजेको विषयहरु आइरहेको भन्दै सोमबार बसेको समितिको बैठक पछि सभापति कृष्ण दाहालले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएका हुन् । सरकार तथा सम्वन्धी निकायहरुले राज्य प्रतिको आफ्नो जिम्मेवारी समयमा नै पुरा गर्नु पर्ने सभापति दाहालको भनाई छ ।
गत बजेटमा पनि यो चाहिँ प्रदेशमा जान्छ भनिएका आयोजनाहरु प्रदेशमा जादा श्रोतसहित पठाइदिन पनि उनले सरकारलाई निर्देशन दिए । ‘प्रदेशकमा शिर्षकमात्रै जाने कुरा त हुँदैन नि’ उनले भने, ‘यस विषयमा कतै केहि भएको भए सच्याउनु पर्ने छ भने त्यसमा महशुस गर्न म आग्रह गर्दछु ।’

कुनै आयोजनालाई वेवारिसे नबनाई त्यसलाई निरन्तर अगाडी बढाउन र बजेटको व्यवस्था छैन भने बजेटका व्यवस्था गर्न पनि उनले आग्रह गरे । बैठकमा उठेको थप बजेटको विषयमा पनि उनले खर्च नगरी धेरै बजेटमात्रै माग्न नहुने बताए ।
अर्थसमितिको निर्देशन ः सरकार दायित्वबाट पछि नहटोस्
काठमाडौं, चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै विभिन्न मन्त्रालयहरुद्धारा सरकार संग गैर बजेटरीको माग बढै गएपछि प्रतिनिधिसभाको अर्थ समितिले सबै मन्त्रालयहरु संग खर्चको विवरण माग गरेको छ । ४ महिना बितिसक्दा पनि लक्ष्य अनुसारको पुँजीगत खर्च गर्ने नसकेका मन्त्रालय तथा मातहतका निकायहरुले थप ५४ अर्ब रुपैयाँ बजेट माग गरेपछि अर्थ समितिले खर्चको अवस्था विबरण माग गर्दै मन्त्रीहरु, सचिवहरु र महालेखा नियन्त्रक संग सोमबार अर्थ समितिले बैंठक डाकेको हो ।
अर्थ समितिले बैठकमा अर्थ समितिले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएको छ । सरकार दायित्वबाट पछि हट्न खोजेको विषयहरु आइरहेको भन्दै सोमबार बसेको समितिको बैठक पछि सभापति कृष्ण दाहालले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएका हुन् । सरकार तथा सम्वन्धी निकायहरुले राज्य प्रतिको आफ्नो जिम्मेवारी समयमा नै पुरा गर्नु पर्ने सभापति दाहालको भनाई छ ।
गत बजेटमा पनि यो चाहिँ प्रदेशमा जान्छ भनिएका आयोजनाहरु प्रदेशमा जादा श्रोतसहित पठाइदिन पनि उनले सरकारलाई निर्देशन दिए । ‘प्रदेशकमा शिर्षकमात्रै जाने कुरा त हुँदैन नि’ उनले भने, ‘यस विषयमा कतै केहि भएको भए सच्याउनु पर्ने छ भने त्यसमा महशुस गर्न म आग्रह गर्दछु ।’

कुनै आयोजनालाई वेवारिसे नबनाई त्यसलाई निरन्तर अगाडी बढाउन र बजेटको व्यवस्था छैन भने बजेटका व्यवस्था गर्न पनि उनले आग्रह गरे । बैठकमा उठेको थप बजेटको विषयमा पनि उनले खर्च नगरी धेरै बजेटमात्रै माग्न नहुने बताए ।

सडक विभागको पत्रले गर्दा भुक्तानी दिनु पर्ने दायित्व सिर्जना भएर बसेका पनि एक्कासी भुक्तानी रोकिएको र त्यसले एउटा जटिल परिस्थिति उत्पन्न भएको उनले बताए । सडक विभागको पत्रले गर्दा भुक्तानी दिनु पर्ने दायित्व सिर्जना भएर बसेका पनि एक्कासी भुक्तानी रोकिएको र त्यसले एउटा जटिल परिस्थिति उत्पन्न भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x