Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नक्कली पस्मिना व्यापारीमाथि मुद्दा लगाइने

नक्कली पस्मिना व्यापारीमाथि मुद्दा लगाइने

काठमाडौं, ४ मसिर । नक्कली उत्पादनमा ‘१०० प्रतिशत पस्मिना‘को लेबल राखेर ग्राहकलाई ठग्नेहरुमाथि नेपाल पस्मिना उद्योग संघले निगरानी बढाएको छ । ४७ देशमा ट्रेडमार्क दर्ता भइ कारोबार भइरहेको लोकप्रिय नेपाली पस्मिनाको बजार नक्कली पस्मिना कारोबारीले धराशायी बनाउन लागेको भन्दै अनुगमन बढाइएको संघका अध्यक्ष दुर्गा बिक्रम थापाले बताए । थापाका अनुसार, आन्तरिक बजारमा पर्यटकहरुले पस्मिना किन्न रुचाउँछन् । तर नक्कली पस्मिना कारोबारीले उनीहरुलाई ठगीरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली पस्मिनाको छवि बिग्रदोँ छ ।
‘आन्तरिक बजारमा पनि निर्यात बराबर नै पस्मिना कारोबार हुन्छ,’ थापाले भने, ‘त्यसकारण आन्तरिक बजारमा पनि शुद्ध पस्मिनामा मात्र लेबल राखेर बेच्न पाइने व्यवस्था गरिएको हो ।’ पस्मिना विश्वबजारमा रुचाइएको नेपाली उत्पादन हुनाले यसको गुणस्तरमा कहीँकतै सम्झौता गर्न नहुने उनको भनाई छ । ‘नेपाली बजारमा गरिने नक्कली कामले विश्वभर नै नेपाली पस्मिनाप्रतिको धारणाप्रति आँच आउन सक्छ ।’
थापाले पहिलो चरणमा देशभरी नै व्यापारीहरुलाई सचेत तुल्याइएको बताए । यसका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । दोस्रो चरणमा प्रशासन समेतको सहयोगमा अनुगमन हुने उनले जानकारी दिए । ‘सचेतना अभियान प्रभावकारी भएन भने प्रशासनको सहयोगमा अनुगमन गरी मुद्दा लगाउनेसम्मको कारबाही हुन्छ,’ उनले भने ।
गत आर्थिक वर्षमा नेपालले २ अर्ब २८ करोड रुपैँयाको पस्मिना निकासी गरेको छ । सो भन्दा ठूलो परिमाणमा नेपाली बजारबाटै कारोबार हुने अध्यक्ष थापा बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x