Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निर्धन उत्थन बैंकले २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने

निर्धन उत्थन बैंकले २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश  वितरण गर्ने

काठमाडौं, ४ मसिर । निर्धन उत्थन लघुवित्त वित्तिय संस्थाले गत बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको २४२ औं संचालक समितिको बैठकले उक्त बोनस तथा नगद लाभांस प्रस्ताव गरेको हो । आगामी मसिर २५ गते निर्धन उत्थन लघुवित्त वित्तिय संस्थाको २० औं बार्षिक साधारण सभाबाट पारित गर्ने गरि लाभांस २२.११ प्रतिशतको २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ संचाक समितिले प्रस्ताव गरेको छ ।

हाल संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ भने २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्ने स निर्धन उत्थन लघुवित्त वित्तिय संस्थाले जनाएको छ । संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x