Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

हिमालयन बैंकले ल्यायो मोबाइल बैकिङ्ग एप संचालनमा

हिमालयन बैंकले ल्यायो मोबाइल बैकिङ्ग एप संचालनमा

काठमाडौं, ४ मंसिर । हिमालयन बैंकले औपचारीक रुपमा मंसिर ४ गतेबाट मोबाइल बैकिङ्ग एप संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरि मोवाइल एपको शुभारम्भ गरेको हो ।

हेएर ईज योर बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताको बारेमा जानकारी लिने, चेक व्यवस्थापन गर्ने, कर्जा तथा निक्षेपको बारेमा लगाएत अन्य धेरै बैंकको सेवा सुविधाहरुको बारेमा जानकारी मोबाईल बाट नै लिन सकिने बैंकले जनाएको छ ।

मोबाईल एपको शुभाराम्भ कार्यक्रममा बोल्दै बैंकका उप महानिर्देशक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षका सम्पुर्ण आधुनिक प्रविधिहरु उपलब्ध गराइएको र आगामी दिनमा पनि बैंकले आफ्ना सेवाग्राहीहरुलाई नवितम प्रविधिहरु उपलब्ध गराई बैंकलाई आधुनिक प्रविधि युक्त बैंक बनाउने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x