Date

शुक्र, साउन ११, २०८१
Fri, July 26, 2024

ग्राहक सेवामुखी कार्यक्रममा सिटिजन्स बैंक, ९ महीनामा ४ दर्जनभन्दा संस्थासँग छूट सम्झौता

ग्राहक सेवामुखी कार्यक्रममा सिटिजन्स बैंक, ९ महीनामा ४ दर्जनभन्दा संस्थासँग छूट सम्झौता

काठमाडौं, १० असोज । पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहले आफ्ना ग्राहकको सेवा सुविधाका लागि विभिन्न संघसंस्थाहरूसँगको सहकार्यलाई प्राथमिकता दिएका छन् । यसले प्रत्यक्ष रुपमा ग्राहक वर्गका साथै सम्बद्ध संस्थाहरू समेत लाभान्वित हुँदै आएका छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाले अन्य सेवामूलक संस्थाहरूसँग गरेको छूट सम्झौता कार्यान्वयनबाट लक्षित सेवाग्राहीको बैंकप्रतिको अपनत्व समेत बढाएको पाइन्छ ।

यसरी विविध सेवामा आफ्ना ग्राहकलाई लाभ प्रदान गर्न अन्य संस्थासँग छूट तथा सहकार्यसम्बन्धी सम्झौता/सहमति गर्नेमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड अग्रणी बैंक रहेको छ । सन् २०२३ को करीब ९ महिनामा बैंकले ४ दर्जनभन्दा बढी संस्थासँग यस्तो सम्झौता गर्नुले पनि सेवाग्राहीको हितमा बैंकको प्रतिबद्धता स्पष्ट पारेको छ ।

सो अवधिमा बैंकले मुख्यतः स्वास्थ्य संस्था, होटल, रेस्टुराँ, रिसोर्ट लगायत पर्यटनमूलक कम्पनी जस्ता संस्थासँग द्विपक्षीय सहकार्य गरेको छ, जसबाट बैंकका आम सेवाग्राही प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

प्रस्तुत छ, सन् २०२३ को जनवरीदेखि सेप्टेम्बर तेस्रो साता (सेप्टेम्बर २४)सम्म बैंकले छूट तथा सहकार्यका लागि विभिन्न संस्थासँग गरेका प्रमुख सम्झौता तथा समझदारीको संक्षिप्त झलक ः

स्वास्थ्यसेवातर्फ
१. फ्रन्टलाइन हस्पिटल प्रा.लि.सँग समझदारी
मिति २०७९।०८।१७ मा बैंक र काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रा.लिबीच यस बैंकका कार्डवाहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकले सो हस्पिटलका विभिन्न सेवाहरूमा १३ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

२. फ्लेक्स फिटनेस सेन्टरबीच समझदारी
मिति २०७९।०९।२५ मा बैंक र ललितपुरको नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टरबीच यस बैंकका कार्डवाहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डवाहकले उक्त फिटनेस सेन्टरका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

३. जर्मन होम्स हस्पिटालिटीबीच समझदारी
मिति २०७९।१०।१३ मा बैंक र गठ्ठाघर, भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटीबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भयो । त्यससँगै यस बैंकका कार्डवाहकहरूले उक्त हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

४. भारतस्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गुडगाँवबीच समझदारी
मिति २०७९।११।१४ मा बैंक र भारत, गुडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच यस बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छूट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भयो । उक्त सहकार्यबाट हाल यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरूले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेको बताइएको छ । यो सुविधा यस बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइरहेको छ ।

४. सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच समझदारी
मिति २०७९।११।१८ मा बैंक र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै यस बैंकका कार्डवाहकले सो ल्याबोरेटरीमा १० प्रतिशतसम्म छूट आउँदै आएका छन् ।

६. आवरण स्किन एण्ड हेयर क्लिनिकबीच समझदारी
मिति २०७९।११।२८ मा बैंक र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी गरियो । यसबाट बैंकका कार्डवाहकहरूले उक्त क्लिनिकमा १० प्रतिशतसम्म छूट पाएका छन् ।

७. दृष्टि आई केयर सेन्टर प्रा.लि.बीच समझदारी
मिति २०७९।१२।२१ मा बैंक र कलंकी, काठमाडौंस्थित दृष्टि आई केयर सेन्टरबीच कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भयो । त्यसँगै बैंकका कार्डवाहक ग्राहकले दृष्टि आई केयरमा २० प्रतिशतसम्म छूट पाउँदै आएका छन् ।

८. आर बि डायग्नोस्टिक प्रा.लि.बीच समझदारी
मिति २०८०।०१।२९ मा बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित आर बि डायग्नोस्टिक प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले उक्त डायग्नोस्टिकमा २० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

९. अरोगिन हेल्थ केयर प्रा.लि.बीच समझदारी
मिति २०८०।०२।०४ मा बैंक र बिशालनगर, काठमाडौंस्थित अरोगिन ह्ेल्थ केयर प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१०. ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच समझदारी
मिति २०८०।०२।१८ मा बैंक र थापाथली, काठमाडौंस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले सो क्लिनिकमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

११. युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी
मिति २०८०।०३।२२ मा बैंक र स्युचाटार, काठमाडौंस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भयो । यससँगै बैंकका कार्डवाहकहरूले सो इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१२. मिडाट हस्पिटल प्रा.लि.बीच समझदारी
मिति २०८०।०३।२७ मा बैंक र लगनखेल, ललितपुरस्थित मिडाट हस्पीटल प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले उक्त हस्पिटलमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१३. क्रिमसन अस्पताल प्रा.लि.बीच समझदारी
मिति २०८०।०४।१९ मा बैंक र तिलोत्तमा, रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रा.लि.बीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकले १० प्रतिशतसम्म छूट पाउँदै आएका छन् ।

१४. विराट मेडिकल सेन्टर प्रा.लि.बीच समझदारी
मिति २०८०।०५।०१ मा बैंक र भोटेपुल, धरानस्थित बिराट मेडिकल सेन्टर प्रा.लि.बीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक ग्राहकहरूले विराट मेडिकल सेन्टरका बिभिन्न सेवाहरmमा ५० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१५. बुटवल हार्ट क्लिनिकसँग समझदारी
मिति २०८०।०५।२४ मा बैंक र बुटवल, रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकबीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१६. भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडबीच सम्झौता
मिति २०८०।०५।२७ मा बैंक र भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राइजेज लिमिटेडबीच यस बैंकका कार्डवाहक ग्राहक महानुभावहरूलाई अस्पतालको सेवा शुल्कमा १०५ सम्म छूट दिने सम्बन्धी समझदारी भयो । भारतका विभिन्न ९ स्थानमा रहेका उक्त हस्पिटलका नेटवर्कमा यो छूटको व्यवस्था लागू हुनेछ । यो सुविधा यस बैंकका कार्डवाहक ग्राहकले पाउनेछन् ।

१७. सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी
मिति २०८०।०६।०७ मा बैंक र नयाँ बानेश्वर, काठमाडौंस्थित सूर्या हेल्थ केयरबीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।

होटल तथा पर्यटनतर्फ
१. ओरिएन्ट क्याफे बारबीच समझदारी
मिति २०७९।११।१० मा बैंक र दरबारमार्गस्थित ओरिएन्ट क्याफेबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै यस बैंकका कार्डवाहकले उक्त क्याफेमा १५ प्रतिशतसम्म छूट पाउँदै आएका छन् ।

२. एलिवेट लाउन्ज एण्ड क्लव प्रा.लि.बीच समझदारी
मिति २०७९।१२।२२ मा बैंक र काठमाडौंको न्यूरोडस्थित एलिवेट लाउन्ज एण्ड क्लव प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकले उक्त क्लवमा २० प्रतिशतसम्म छूट पाएका छन् ।

३. जंगल भिल्ला रिसोर्ट लि.बीच समझदारी
मिति २०८०।०१।१९ मा बैंक र चितवनको पतिहानीस्थित जंगल भिल्ला रिसोर्ट लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकले जंगल भिल्ला रिसोटैमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।
४. हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ प्रा.लि.बीच समझदारी
मिति २०८०।०१।२१ मा बैंक र लेकसाइड, पोखरास्थित हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले सो प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

५. अन्नपूर्ण केवलकार प्रा.लि.बीच समझदारी
मिति २०८०।०१।२५ मा बैंक र पोखरास्थित अन्नपूर्ण केवलकार प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले सो केबलकारमा २५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् । साथै पोखरास्थित यस बैंकका शाखाहमा नयाँ खाता खोल्ने ग्राहकका लागि उक्त केवलकारको टिकट निःशुल्क उपलब्ध रहेको बताइएको छ ।

६. सिटिजन्स बैंक र होटल इच्छा प्रा.लि.बीच समझदारी
मिति २०८०।०१।२६ मा बैंक र बारा सिमरास्थित पाँचतारे होटल इच्छा प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

७. दृश्य लाउन्ज प्रा.लि.बीच समझदारी
मिति २०८०।०२।०२ मा बैंक र नयाँ बानेश्वर, काठमाडौंस्थित दृश्य लाउन्ज प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

८. रन्जना सिनेप्लेक्स प्रा.लि.बीच समझदारी
मिति ः २०८०।०२।०९ मा बैंक र न्युरोड, काठमाडौंस्थित रन्जना सिनेप्लेक्स प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले सो सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

९. नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टर प्रा.लि.बीच समझदारी
मिति ः २०८०।०२।२३ मा बैंक र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टर प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले उक्त मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिप्mलेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल ब्यूटी सलुन एण्ड टे«निङ्ग सेन्टर गरी १८ वटा पसलमा ३० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१०. होटल ठमेल हाउस प्रा.लि.बीच समझदारी
मिति २०८०।०३।०१८ मा बैंक र दरबारमार्ग, काठमाडौंस्थित होटल ठमेल हाउस प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

११. टोखा केब फनपार्क प्रा.लि.बीच समझदारी
मिति २०८०।०४।०८ मा बैंक र टोखा, काठमाडौंस्थित टोखा केब फनपार्क प्रा.लि.बीच यस बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाइ सो फनपार्कमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१२. थ्रिडी आर्ट म्युजियम प्रा.लि.बीच समझदारी
मिति २०८०।०३।२५ मा बैंक र इमाडोल तथा राधे राधेस्थित थ्रिडी आर्ट म्युजियम प्रा.लि.बीच यस बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१३. ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगो प्रा.लि.बीच समझदारी
मिति २०८०।०३।२४ मा बैंक र कालिकापथ, बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवलस्थित होटेल दा फ्लामीङगो प्रा.लि.बीच यस बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

१२. होटल चितवन प्रा.लि. तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच समझदारी
मिति २०८०।०४।१६ मा बैंक र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडौंस्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५ प्रतिशत र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्मको छूट पाएका छन् ।

१३. हार्ड रक क्याफेबीच समझदारी
मिति २०८०।०४।३२ मा बैंक र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच यस बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक ग्राहकहरूले सो क्याफेमा १५ प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

विविध
१. विभिन्न संघ संस्थामा विशेष छूटसम्बन्धी सहकार्य
मिति २०८०।०२।०३ मा यस बैंकले विभिन्न संस्थाहरू संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको छ । सोसँगै यस बैंकका ग्राहकहरूले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरूमा अधिकतम १० प्रतिशत, नक्सालमा अवस्थित वी कयेर हेल्थ सेन्टरका सेवामा अधिकतम १५ प्रतिशतसम्म, भद्रकाली अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रा.लि.को प्रवेश शुल्कमा ४० प्रतिशत र धरान उपमहानगरपालिका–१० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशतसम्म छूट पाउँदै आएका छन् ।

२. अजा डायनास्टी प्रा.लि.बीच समझदारी
मिति २०८०।०२।०५ मा बैंक र ठमेल, काठमाडौंस्थित अजा डायनास्टी प्रा.लि.बीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले उक्त डायनास्टीमा १० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

३. विभिन्न संघसंस्थामा विशेष छूट
मिति २०८०।०२।३० मा बैंकले विभिन्न संस्थाहरू संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको छ । त्यससँगै यस बैंकका ग्राहकहरूले आदर्शनगर, विरगन्जस्थित औरा इलेभेनका सेवाहरूमा अधिकतम १५ प्रतिशत, कन्चनरुप, सप्तरीमा अवस्थित एम डी हेल्थ केयर हस्पिटलका सेवाहरूमा अधिकतम १० प्रतिशत, बोदेबर्साइन, सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरूमा अधिकतम १७ प्रतिशत र कावासोती, नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरूमा अधिकतम १५ प्रतिशतसम्म छूट पाउँदै आएका छन् ।

४. वेबोर होम अप्लायन्ससँग समझदारी
मिति २०८०।०३।०४ मा बैंक र तिनकुने, काठमाडौंस्थित वेबोर होम अप्लायन्सबीच यस बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएसँगै बैंकका कार्डवाहकहरूले वेबोर होम अप्लायन्सबीचमा २० प्रतिशतसम्मको छूट पाउँदै आएका छन् ।

५. विभिन्न संघ संस्थामा विशेष छूट
मिति २०८०।०३।१८ मा बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरेको छ । यससँगै बैंकका ग्राहकहरूले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छूट पाउँदै आएका छन् ।

६. विभिन्न संघ संस्थामा विशेष छूट
मिति २०८०।०४।०२ मा बैंकले विभिन्न संस्थाहरू संग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरूसँग विशेष सम्झौता गरेको छ । सोसँगै यस बैंकका ग्राहकहरूले तिनकुने, काठमाडौंमा अवस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरूमा अधिकतम २० प्रतिशत, भैसेपाटी, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रा.लि. का सेवाहरूमा अधिकतम २५ प्रतिशत र न्युरोड, काठमाडौंमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरूमा पनि अधिकतम २५ प्रतिशतसम्म छूट पाएका छन् ।

७. दराजबीच छूट सम्झौता
मिति २०८०।०४।१५ मा यस बैंकका ग्राहकहरूलाई दराज क्यामुमा सामान किन्दा विशेष छूट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका कार्डवाहकहरूले हरेक बिहिवार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा रु. ५०० सम्म छूट पाउँदै आएका छन् ।

समग्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरण यस बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो बैंक विगत १६ वर्ष देखि आफना ग्राहकवर्गलाई उत्कृष्ट र स्तरीय बैंकिङ सेवासुविधा प्रवाहमा समर्पित रहँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x