Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

काठमाडौं, १३ मंसिर । नेपालको व्यापार भुक्तानीको क्षेत्रलाई विद्युतिय प्रणाली मार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको हो ।

स्मार्ट भिस्टाले विश्वका कयौँ बैंक तथा वित्तिय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिकाबारेमा जानकारी गराएका थिए । उनका अनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि रहेको छ । आइमाकले हाल सम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुलाई विविध रुपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दैआएको छ । बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका करिब दुई सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x