Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं, १३ मंसिर । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बुद्यबार प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुद्यबारको तुलनामा बिहिबार सुन एक सय रुपैयाँले मात्र घटेको हो । तर मंगलबारको तुलनामा भने बुद्यबार प्रतितोला चार सय रुपैयाँले घटेको थियो । आन्तरिक बजारमा अमेरिकी डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि पर्न गएको व्यवसायीहरु बताउछन् ।

त्यस्तै चाँदी भने बुद्यबारको तुलनामा प्रतितोला प्रतितोला पाँच रुपैयाँले बढेर सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x