Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एसिया प्यासिफिक समिटका लागि विदेशी पाउनाहरु काठमाडौंमा

एसिया प्यासिफिक समिटका लागि विदेशी पाउनाहरु काठमाडौंमा

काठामाडौं १३ मंसिर । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिट २०१८ मा समेत सहभागी हुन अन्तराष्ट्रिय पाउनाहरु नेपाल आउने क्रम सुरु भएको छ । सम्मेलनमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यान्मारका स्टेट काउन्सिलर एव‍ं विदेशमन्त्री आङ साङ सुकी काठमाडौं आइ पुग्नु भएको छ । उहाँहरुको स्वागतका लागि सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले त्रिभुवन विभान स्थल पुग्नु भएको थियो  म्यान्मारकी नेतृ सुकी बिहान ११ बजे र कम्बोडियाका प्रधानमन्त्री सेन बिहान ११ बजेर ४० मिनेट जाँदा काठमाडौं आइपुग्नु भएको हो ।

पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोली शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सेनले आजै बेलुकी भेटवार्ता गर्ने तय भएको छ। दुवैको सम्मानमा प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि पराराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले उहाँहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसै बीच विशिष्ट व्यक्तिको आगमन हुने भएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ। जोर विजोर प्रणालीका कारण सडकमा भने यात्रुले सास्ती भोग्नु परेको छ ।

समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी ब्यवस्था गरेको छ ।
समिटमा आउने पाहुनाका लागि ४८ वटा गाडी मगाइएको गृह मन्त्रालयले जनाएको छ।नेपाल प्रहरीले पनि उपत्यकामा भएका गाडी अपुग भएपछि अगुवापछुवाका लागि प्रदेशहरूबाट गाडी मगाएको छ।  सम्मेलन आइतबार सम्म चल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x