मन्जुश्री फाइनान्सद्वारा आर.एम. केडिया आँखा अस्पताललाई एसी सहयोग

काठमाडाैं, २१ असार । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व (CSR) अन्तर्गत वीरगन्ज शाखा मार्फत आर.एम. केडिया आँखा अस्पताल, वीरगन्जलाई दुई थान एसी (एयर कन्डिसनर) सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
विगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालित छ। सुरुमा ५ वटा बेडबाट सेवा सुरु गरेको यो अस्पताल हाल १७५ बेड मार्फत बिरामीहरूलाई सेवा पुर्याउँदै आइरहेको छ। अस्पतालको प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनजर राख्दै मन्जुश्री फाइनान्सले यो एसी सहयोग गरेको हो।
समाजको सेवामा सदैव तत्पर मन्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आफ्ना विभिन्न शाखाहरू मार्फत सहयोग पुर्याउँदै आएको पाइन्छ। मन्जुश्री फाइनान्सले हाल २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ। निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको छ।