Date

शुक्र, भदौ ६, २०८२
Fri, August 22, 2025

सगरमाथामा ५,००० किलो फोहोर संकलन, नेपाल लाइफ–राउन्ड टेबलको साझा प्रयास

सगरमाथामा ५,००० किलो फोहोर संकलन, नेपाल लाइफ–राउन्ड टेबलको साझा प्रयास

काठमाडाैं, ६ भदाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथाबाट ५,००० किलो फोहोर संकलन गरेको छ।

केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष समारोहमा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलन सम्बन्धि प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, प्रोजेक्ट केयरका प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) तथा खालिसीसीका प्रतिनिधिहरू पनि उपस्थित थिए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको रूपमा हेरिएको उल्लेख गर्दै पहिलो चरणमा ५,००० किलो फोहोर संकलन सफल भएकोमा सरोकारवालाहरूलाई धन्यवाद दिए। उनले सगरमाथालाई विश्वको गहना भन्दै यसको संरक्षणमा नेपाल लाइफ सदैव सक्रिय रहने प्रतिबद्धता पनि जाहेर गरे।

राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिँदै, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले बताए अनुसार कुहिने फोहोर आधार शिविरभन्दा तल पुरिएको छ भने नकुहिने फोहोरलाई ३० किलोको झोला बनाएर काठमाडौं ल्याइएका छन्, जसलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गरिने छ।

सगरमाथा विश्वकै सबैभन्दा अग्लो हिमाल भए पनि पर्वतारोहण गतिविधि बढेसँगै फोहोरको समस्या बढ्दै गएको छ। त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खानेकुरा प्याकेजिङ, मानव फोहोर र उपकरणहरू हिमालमा छोडिन थालेको छ। नेपाल लाइफ र राउन्ड टेबलको साझा प्रयासले यसलाई “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” बन्नबाट रोक्ने लक्ष्य राखेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *