Date

शुक्र, भदौ ६, २०८२
Fri, August 22, 2025

हायर पर्चेज कम्पनीमार्फत अटो क्षेत्रमा २६ अर्ब लगानी: बाबुराम शर्माको दाबी

हायर पर्चेज कम्पनीमार्फत अटो क्षेत्रमा २६ अर्ब लगानी: बाबुराम शर्माको दाबी

काठमाडाैं, ६ भदाै । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले अटोमोबाइल क्षेत्रमा हायर पर्चेज कम्पनीमार्फत हालसम्म २६ अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा शर्माले यो जानकारी दिएका हुन्।

उनका अनुसार, काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँसम्म पुगेर कर्जा प्रवाह गरिरहेको छ। हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहज बनाउने सरकार र वित्तीय निकायलाई उनले आग्रह गरेका छन्।

शर्माले भने, नेपालमा विक्री हुने गाडीमा ऋण दिँदा समस्या कम हुने गरेको छ। अहिले विद्युतीय गाडीको माग बढेसँगै त्यसका लागि कर्जाको माग पनि बढी रहेको उनले उल्लेख गरे।

उनले अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा बिक्रीपछिको सेवा र नेपालमा उपलब्ध सर्भिसलाई समेत ध्यानमा राखिएको बताउँदै, हायर पर्चेज क्षेत्रमा खराब कर्जाको समस्या न्यून रहेको जानकारी दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *