Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बाणिज्य बैंकहरुमा तरलताको चरम अभाव हुदाँ पनि विकास बैंकमा भने सहज

बाणिज्य बैंकहरुमा तरलताको चरम अभाव हुदाँ पनि विकास बैंकमा भने सहज

काठमाडौं, १३ मंसिर । पछिल्लो समय  प्राय बैंकहरूको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंक अनुसार हाल संचालनमा बैंक तथा वित्तिय संस्थाहरु मध्ये प्राय ः बैंकको मंसिर १० गते सम्म सीसीडी रेसियो अनुपात ७७.२ प्रतिशत रहेको छ । त्यस मध्ये २ वटा वाणिज्य बैंकले सीसीडी रेसियो राष्ट्र बैंकले दिएको सीमा अर्थात ८० प्रतिशत कटाएका छन् । अन्य २६ वटा बाणिज्य बैंकहरुको पनि तोकिएको सीमा नजिक रहेको छ ।

चालु आर्थिक बर्षको ३ महिनाको तथ्यांक अनुसार समग्र बैंकिङ्गको निक्षेप संकलनमा करिब ६७ अर्बले वृद्धि छ भने कर्जा बिस्तार मात्र १ सय ७२ अर्बको वृद्धि रहको छ । सोही कारण बजारमा तरलताको समस्या दोहोरिने गरेको छ । कर्जा विस्तार भए अनुसार वित्तिय साधानको व्यवस्थापन बैंकहरुले गर्ने सकेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले सम्पती तथा दायित्व विस्तारको तालमेल मिलाउन नसक्दाँ यस्तो अवस्था सृजना भएको हो । यहि सीसीडी नघाएका कारण बैकहरु कर्जा बिस्तार गर्ने सकिरहेका छैनन् । बैंकिङ्ग क्षेत्रमा स्वास्थ्य कारोबार बढाउनका लागि बैंकहरु सचेत हुन आवश्यक रहेको पौडेलले बताए ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्रै लगानी गर्न पाउँछन् । वाणिज्य बैंकहरूको तुलनामा बिकास बैंकहरुको कर्जा तथा निक्षेपको तालमेल भने राम्रो रहेको छ । समग्रमा विकास बैंकहरु सीसीडी रेसियो ७५ प्रतिशतको हाराहारीमा रहेको छ । अधिकांश विकास बैंकहरुमा तरलताको अवस्था सहज रहेको विकास बैंक एसोशिएसनका अध्यक्ष गोविन्द ढकालले बताए । बैंक तथा वित्तिय संस्थाको पूँजी बृद्धि पश्चात व्यवसाय विस्तारको दबाव परेको कारण उनीहरुले निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी जोड दिएकाले समस्या सृजना भएको ढकालको भनाई छ । विकास बैंकहरुले सर्बसाधारणहरुको निक्षेप संकलन बढी गर्ने तर बाणिज्य बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुको निक्षेप संकलनमा बढी जोड दिने हुदाँ संस्थागत निक्षपकर्ताहरुले ठुलो परिमाणमा निक्षेप झिक्दा पनि तरलताको समस्या देखिएको उनको विश्लेषण छ ।

बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने अनिवार्य नगद मौजदात देखि बाहेक हाल बजारमा ४२ अर्बको तरलता कायम रहेको छ । सो अनुसार बजारमा तरलताको समस्या खासै देखिन्दैन । बाणिज्य बैंकहरुले कर्जा लगानी गर्न नसक्नुको मुख्य कारण भनेको कर्जा तथा निक्षेपको अनुपात सीसीडी अनुपात मिलाउन नसकेर हो । नियमकारी निकाय राष्ट्र बैंकले सीसीडी नाघेका बैंक तथा वित्तिय संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । गत महिना पनि यसरी सीसीडीको सीमा कटाएको बाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x