Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव, सेवा विस्तारमा जोड

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव, सेवा विस्तारमा जोड

काठमाडौं, १३ कार्तिक । आज कात्तिक १३ गते सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव मनाएको छ ।  २१ औँ बार्षिक उत्सवको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संस्थाका सम्पूर्ण शेयर धनि, सञ्चालक समिति कर्मचारीलगायत सम्पूर्ण ग्राहकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

न्यूज बैंकसँग कुरा गर्दै उनले बैंकले आगामि दिनमा सेवालाई विस्तार गरी अझै राम्रो सेवा दिने बताए ।

उनले सञ्चालन समिति, कर्मचारीहरुलाई धन्यवाद दिँदै भने, ‘हाम्रो बोर्ड अफ डाइरेक्टर, सञ्चालन समिति र कर्मचारीहरुले जुन योगदान पुर्याउनु भएको छ,  बोर्डले जुन गाइडेन्स गरिरहनु भएको छ, जुन योगदान छ त्यो विना यो सम्भव नै हुँदैनथ्यो । त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले १ सय ९ वटा शाखाहरु खोल्न सफल भएको भन्दै आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ राम्रो सेवा दिने बताए ।

‘हामी अहिले जुन ठाउँमा छौ, १ सय ९ वटा शाखाहरु करिव ८५० कर्मचारीको संख्या, ५ सय भन्दा बढी संस्थापकहरुको शेयरलगायत करिब २४ हजार जति हाम्रा शेयर धनीहरु र अनगिन्ती ग्राहक र सेवार्थीहरुको यो वेसलाई लिएर अगाडि बढ्छौं । आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ, राम्रो सेवा दिन सक्छौ साथै व्यवसाय विस्तार गरेर राम्रो फाइदा दिन सक्छौ,’उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *