Shangrila

नेपाली बजारमा लोकप्रिय बन्दै रेनाल्ट

काठमाडौं, १३ मंसिर । फ्रान्सको अटोमोवाइल्स कम्पनी रेनाल्ट नेपाली अटोमोबाईल्स कम्पनीहरुमा लोकप्रिय बन्न सफल भएको दाबी गरिएको छ । सन् १८९८ देखि संसारभरका विभिन्न मुलुकहरुमा आफ्नो उत्पादन बिक्री गर्दै आएको कम्पनीले नेपालमा पनि २५ सय ग्राहक बनाउन सफल भएको बताइएको छ ।

आधुनिक सुविधा सम्पन्न तथा ग्राहकहरुको चाहनालाई ध्यानमा राख्दै आगामी दिनमा पनि नयाँ गाडीहरु बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ । कम्पनी हाल सम्म संसार भरका १ सय २५ देशहरुमा २.८ मिलियन सवारी साधान बिक्री वितरण गरिसकेको छ भने करिब १ लाख २० हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *