डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, १३ मंसिर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले हाल कायम रहेको ७० करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजीबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । उक्त बोनस वितरण गरिसकेपछि यस लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । डिप्रोक्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।