Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शनिवार देखि काठमाडौंमा दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

शनिवार देखि काठमाडौंमा दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं, १३ मंसिर । आगामी शनिवार र आइतबार काठमाडौंमा दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वच्छ लघुवित्त, हाम्रो अभियान भन्ने नारा सहित सम्मेलन आयोजना गर्न लागिएको आयोजक स्वावलम्बन विकास केन्द्रले जानकारी दिएको छ ।

सम्मेलनमा लघुवित्तमा आवद्ध सात सय भन्दा बढीको सहभागिता रहने बताइएको छ । दुई दिने सम्मेलनमा लघुवित्तका सम्भावना, समस्या र भावि रणनीतिबारे छलफल गरिने बताइएको छ ।

नेपालमा तीन दशक अघि देखि लघुवित्त सुरु भएको हो । उद्यमशिलता विकास र गरिवि निवारणमा लघुवित्तले ठुलो सहयोग गर्दै आएको जानकारहरु बताउछन् । हाल सम्म लघुवित्तले नेपालका विभिन्न भु–भागमा १ सय २५ अर्व रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x