Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार १० अंकले घट्दा, ३२ करोडको कारोबार

सेयर बजार १० अंकले घट्दा, ३२ करोडको कारोबार

काठमाडौं,१३ मंसिर । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार १०.३७ अंकले घटेर १,१४८.७० विन्दुमा बन्द भएको छ । बिहिबार १ सय ६१ कम्पनीको १०,६२,०४३ कित्ता सेयर ३२ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ ।

फाइनान्स समुह र उत्पादन तथा प्रशोधन समुहको परिसुचक देखि बाहेक सबै समुहको परिसुचक ओरालो लागेको छ । फाईनान्स समुह र उत्पादन तथा प्रशोधन समुहको परिसुचक क्रमश ०.१३ र १.०२ अंकले वृद्धि भएको छ । सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा १०५.१७ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समुह ४७.७६ अंक, माईक्रोफाईनान्स समुह २४.२३ अंक, विकास बैंक समुह ११.२७ अंक, होटल समुह ९.५७ अंक, बैंकिङ्ग समुह ९.३८ अंक, जल विद्युत समुह २.७१ अंक र अन्य समुहको पपरिसूचक २.३१ अंकले ओरालो लागेको छ ।

सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर किनबेच भएको छ । बैंकको आज ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै सबै भन्दा बढी कमाउनेमा छ्याङ्गदी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ३.८८ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा आइएमई जनरल इन्सोरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ५.८५२४२ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x