Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अदालतको स्टे अर्डरले काम गर्न गाह्रो भयो : पर्यटनमन्त्री अधिकारी

अदालतको स्टे अर्डरले काम गर्न गाह्रो भयो : पर्यटनमन्त्री अधिकारी

काठमाडौं, १३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन (नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘यहाँ दूर्भाग्यपूर्ण अवस्था छ, उनले भने– बीच–बीचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ । एयरपोर्टको पसल हटाउने भनियो तर त्यहि स्टे अर्डर लिएर आईदिन्छन् , अर्काे क्यासिनोमा पनि त्यस्तै । म अदालतको सम्मानगर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौं । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’

कानुन नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन÷चार महिनामा संसदले त्यो कानुन ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘२०३५ सालको पर्यटन कानुन ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ । आउँदो संसदबाट पाश गछौं, मन्त्री अधिकारीले भने–जसले क्यासिनो होटल लगायतपर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुने छ , त्यतिबेला स्टे अर्डरको काम हुने छैन । ’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x