Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडाैं, २२ असार । गत साता निरन्तर बढेको सेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबार पनि सामान्य सुधार देखिएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ३.७५ अंकले बढेर २७०७.७२ बिन्दुमा रोकिएको छ।

नेप्से बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ। यस दिन ३१८ कम्पनीका २ करोड ६७ लाख ५७ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब ५० करोड ३ हजार रुपैयाँको कारोबार भएको छ। यसअघि गत बिहीबार ३११ वटा कम्पनीका २ करोड ४९ लाख ७६ हजार कित्ता सेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँमा किनबेच भएको थियो।

आजको कारोबारमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा समूहका उपसूचकहरू घटेका छन् भने बाँकी सबै समूहका उपसूचकहरू बढेका छन्। आज ‘अन्य’ समूह सर्वाधिक ३.९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.१६ प्रतिशतले बढेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *