Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी विनिमय दर निर्धारण: अमेरिकी डलरको भाउमा सामान्य कमी

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी विनिमय दर निर्धारण: अमेरिकी डलरको भाउमा सामान्य कमी

काठमाडाैं, २३ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, आज अमेरिकी डलरको खरिद दरमा सामान्य कमी आएको छ ।

आज अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ३४ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

त्यसैगरी, युरो एकको खरिद दर १६० रुपैयाँ ५९ पैसा र बिक्री दर १६१ रुपैयाँ ३० पैसा कायम भएको छ । एक बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ १५ पैसा र बिक्री दर १८६ रुपैयाँ ९७ पैसा रहेको छ । स्विस फ्र्याङ्कको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ३४ पैसा र बिक्री दर ८९ रुपैयाँ ७४ पैसा तोकिएको छ । क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ २२ पैसा र बिक्री दर १०० रुपैयाँ ६७ पैसा छ । सिंगापुर डलरको खरिद दर १०६ रुपैयाँ ९८ पैसा र बिक्री दर १०७ रुपैयाँ ४५ पैसा रहेको छ ।

१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको छ । साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा, र कतारी रियालको खरिद दर ३७ रुपैयाँ ३० पैसा र बिक्री दर ३७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाई भाटको खरिद दर ४ रुपैयाँ २१ पैसा र बिक्री दर ४ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिरामको खरिद दर ३७ रुपैयाँ १२ पैसा र बिक्री दर ३७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गिटको खरिद दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा छ । १०० दक्षिण कोरियाली वनको खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा रहेको छ । स्विडिस क्रोनाको खरिद दर १४ रुपैयाँ २६ पैसा र बिक्री दर १४ रुपैयाँ ३२ पैसा, र डेनिस क्रोनको खरिद दर २१ रुपैयाँ ५२ पैसा र बिक्री दर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

हङकङ डलरको खरिद दर १७ रुपैयाँ ३७ पैसा र बिक्री दर १७ रुपैयाँ ४४ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ४४७ रुपैयाँ १६ पैसा र बिक्री दर ४४९ रुपैयाँ १३ पैसा छ । बहराइन दिनारको खरिद दर ३६१ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६३ रुपैयाँ २४ पैसा रहेको छ, जबकि ओमानी रियालको खरिद दर ३५४ रुपैयाँ ५९ पैसा र बिक्री दर ३५६ रुपैयाँ १५ पैसा तोकिएको छ ।

१०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ ०० पैसा र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर राखिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *